बैतडीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु, ५ घाइते
बैतडी | मंसिर २, २०८०
बैतडी : बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोगडाकेदार ३ गाउँपालिका ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिए। विष्टको घटनास्थलमै मृत्यु भएको हो।
कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से१ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधारनजिकै दुर्घटनामा परेको हो। कच्ची र उकालो सडकमा जिप नचड्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताए।
जिप उकालोमा नचड्दा पछाडि टायरमा ढुंगा हाल्न निस्केका अम्मरको जिपले किचेर मृत्यु भएको हो।
यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, ४ वर्षीय रियाग विष्ट,७ वर्षीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट ६० घाइते भएका छन्।
गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

